जेन–जी आन्दोलनमा २३ अर्ब बढीको बिमा दाबी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
जेन–जी आन्दोलनमा २३ अर्ब बढीको बिमा दाबी

काठमाडौं : गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा भएको धनजनको क्षतिबापत २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँको बिमा दाबी गरिएको छ । अर्थात् ३ हजार १ सय ८७ को संख्यामा बिमा कम्पनीमा दाबी परेको छ । कात्तिक ९ गतेसम्म २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको नेपाल बिमा प्राधिकरणले जानकारी दिएको छ । उक्त दाबी रकम र यसअघिको अग्रिम भुक्तानीसमेत गरेर बिमा कम्पनीहरूले कात्तिक ९ गतेसम्म २ अर्ब ७९ करोड ७४ लाख रुपैयाँ बराबर मात्रै भुक्तानी गरेका छन् । यो कुल दाबी रकमको १२ प्रतिशत मात्रै हो । १४ निर्जीवन बिमा कम्पनी र ४ निर्जीवन  लघुबिमा कम्पनीबाट उक्त रकम भुक्तानी भएको हो ।  

Read More