काठमाडौं : सडक विभागले १९७ वटा ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ। देशभरका २७ वटा कार्यालयबाट १९७ रुग्ण आयोजनाका ठेक्का तोड्ने प्रक्रिया अघि बढेको हो।
सडक विभागका प्रवक्ता घनश्याम खड्काका अनुसार सबैभन्दा बढी ठेक्का काठमाडौंका रहेका छन्। काठमाडौं डिभिजन अन्तगर्तका ४८ वटा ठेक्का किन नतोड्ने भन्दै सूचना जारी गरेको छ।





