मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा अलैंची निर्यात ३३ प्रतिशतले बढेको छ। कार्यालयको तथ्यांनुसार उक्त अवधिमा एक अर्ब ६७ करोड ९१ लाख ७५ हजारबराबरको अलैंची निर्यात भएको हो।
तीन महिनामा एक हजार ७२ मेट्रिक टन अलैंची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए। अघिल्लो आव २०८१/८२ को सोही अवधिमा एक अर्ब सात करोड २२ लाखबराबरको अलँैची निर्यात भएको उनले बताए।





