काठमाडौं : जेनजी आन्दोलनपछि तीन वटा महत्वपूर्ण विकासे मन्त्रालयमा मन्त्री बनेका कुलमान घिसिङले आयोजना अलपत्र पार्ने ठेकेदारविरुद्ध कडा कदम चालेका छन् ।
सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका थप ५० वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ ।
सडक विभाग अन्तर्गत मध्य पहाडी राजमार्ग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं, इटहरी, जनकपुर पोखरा र सुर्खेत मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका ५० वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका हुन्




