राष्ट्र बैंकले संशोधन गर्यो सीएसआर मार्गदर्शन - जेनजी आन्दोलनका घाइते र मृतक परिवारलाई बैंकहरुले सहयोग गर्न सक्ने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
राष्ट्र बैंकले संशोधन गर्यो सीएसआर मार्गदर्शन - जेनजी आन्दोलनका घाइते र मृतक परिवारलाई बैंकहरुले सहयोग गर्न सक्ने

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन, २०८१’ मा पहिलो संशोधन गरेको छ । योसँगै बैंकहरुले सामाजिक उत्तरदायित्व वापतको रकम जेनजी आन्दोलनका क्रममा घाइते भएका र सहिदका परिवारका हकमा खर्च गर्न पाउने व्यवस्था गरिएको छ ।

यो व्यवस्था सम्पूर्ण वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा पूर्वाधार विकास बैंकहरूमा लागू हुने राष्ट्र बैंकले जनाएको छ। संशोधन अनुसार, जेनजी आन्दोलनका क्रममा घाइते भई सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका नागरिकलाई औषधि उपचारका लागि आवश्यक रकम सो अस्पताललाई सीएसआरमार्फत उपलब्ध गराउन सकिने छ। तर, सो रकम दोहोरो नपर्ने गरी मात्र वितरण गर्न सकिने प्रावधान राखिएको छ।

Read More
  • EBL Ad news