साउन र भदौमा थप ४ अर्ब ९० करोड सेयर कर्जा प्रवाह


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
साउन र भदौमा थप ४ अर्ब ९० करोड सेयर कर्जा प्रवाह

२९ असोज, काठमाडौं । साउन र भदौ महिनामा बैंक तथा वित्तीय संस्थाबाट थप ४ अर्ब ९० करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार भदौ मसान्तसम्म कुल १ खर्ब ४५ अर्ब ६० करोड रुपैयाँ सेयर धितो कर्जा गएको छ । गत असार मसान्तसम्म १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ यस्तो कर्जा गएको थियो ।

एक वर्षको अवधिमा यस्तो कर्जा ४५.९ प्रतिशत बढेको छ । गत वर्षको भदौ मसान्तसम्म सेयर धितो कर्जा ९९ अर्ब ७६ करोड प्रवाह भएको थियो । १ करोडमाथिको कर्जा सबैभन्दा धेरै १ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ ।

Read More