प्रभु लाइफ र युनियन लाइफ इन्स्योरेन्स जोडिएका दुइ 'अपराध' जसले बीमा क्षेत्र कै बदनाम गरायो... (भिडियो रिपोर्ट)


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
 प्रभु लाइफ र युनियन लाइफ इन्स्योरेन्स जोडिएका दुइ 'अपराध' जसले बीमा क्षेत्र कै बदनाम गरायो... (भिडियो रिपोर्ट)

 

नाम : रामकिशोर राय यादव , ठेगाना : रौतहटको मौलापुर नगरपालिका–६, पथरा बुधराम

 

 

बर्ष : ३९ , अभियोग : कर्तब्य ज्यान (बीमा रकमको लोभमा आफ्नै छोरी मार्ने अपराध)

 

घटना रौतहटको हो । मौलापुर नगरपालिका, रौतहटका रामकिशोरका ५ सन्तान थिए । ती ५ सन्तान मध्येकी कान्छी छोरी थिइन् लक्ष्मी । भर्खर ४ वर्षे पुगेकी ती अबोध बालिकालाई बीमा रकमको लोभले आफ्नै बाबुले मारे । २०७६ असार १६ गते राति बीमा रकम पाउने लोभले रामकिशोरले आफ्नै कलिली छोरीको ज्यान लिए । 

२०७६ साल असार १६ गते राती लक्ष्मी र उनकी आमा खाना खाएर सुते । कामले दिनभर थाकेकी आमा र कलिली छोरी निदाए । रातको झन्डै १ बजेको थियो । लक्ष्मीकि आमा निन्द्राबाट ब्युँझिइन् । निन्द्राबाट ब्युझिदा उनले आफ्नी प्यारी कान्छी छोरी देखिनन् । आफ्नै ओछ्यानमा रहेकी छोरी नदेख्दा उनी आत्तिइन् । सबैलाई हार गुहार मागेपछि परिवारका अन्य सदस्यहरु पनि ब्युँझिए । ओछ्यानमा रहेकी आफ्नी कान्छी ४ बर्षीय छोरी एकाएक हराएपछि घरका सबै आत्तिए । छोरी कतै पनि नभेटिएपछि विहान करिब साढे ४ बजे इलाका प्रहरी कार्यालय मौलापुरमा खबर पुग्यो । र त्यसपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गर्यो । 

 

बिहान करिब साढे ५ बजेको हुँदो हो । स्थानीय केटाकेटीहरु स्थानीय फगुनी राय यादवको माछा पोखरीमा एउटा बच्चाको लाश पानीमा तैरिरहेको देखे । पोखरीमा लास तैरिएको देखिएपछि उनीहरुले पनि प्रहरीलाई खबर गरे । प्रहरीको अनुसन्धान र परिवारका सदस्यको बयानपछि पोखरीमा भेटिएको उक्त ४ बर्षीय लक्ष्मीकै भएको पुष्टि भयो । प्रहरीले सुक्ष्म अनुसन्धान गरेपछि एउटा निर्मम निष्कर्ष बाहिर आयो । बीमा कम्पनीबाट आउने २५ लाख रुपैयाँको लोभमा उनले आफ्नै छोरीको हत्या गरेको खुल्यो । पोष्टमार्टम रिपोर्टले हत्यापछि मात्र पानीमा फालेको देखाएको छ । त्यसपछि गाउँ नै स्तब्ध भएको छ । 

.........

 

Read More
  • MBL - below news