सरकारले आगजनी र तोडफोडमा परेका व्यापार व्यवसाय पुन: सक्रिय गराउन कर्जाको पुनर्संरचना, सस्तो ब्याजदरमा कर्जा तथा बीमा दाबीको ५० प्रतिशत अग्रिम भुक्तानीदेखि कर तिर्ने समय थपिदिनेसम्मका व्यवस्था गर्न लागेको हो ।
५ असोज, काठमाडौं । सरकारले जनजी आन्दोलनका कारण क्षति पुगेको उद्यम व्यवसायलाई पुनरुत्थानका लागि ‘रिकभरी’ योजना तयार गरेको छ । सरकारले आगजनी र तोडफोडमा परेका व्यापार व्यवसाय पुन: सक्रिय गराउन कर्जाको पुनर्संरचना, सस्तो ब्याजदरमा कर्जा तथा बीमा दाबीको ५० प्रतिशत अग्रिम भुक्तानीदेखि कर तिर्ने समय थपिदिनेसम्मका व्यवस्था गर्न लागेको हो ।
अर्थ मन्त्रालयले तयार पारेको एकीकृत व्यवसाय पुनरुत्थान योजना आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले पारित गर्ने गरी प्रस्ताव पठाएको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो । ...

