चुनावका लागि विदेशीकाे मुख नताक्ने अर्थमन्त्री खनालकाे दावी, बजेटबाट १२० अर्ब बढी रुपैयाँ निकालेर निर्वाचन र पुनर्निर्माणमा खर्च गरिने


चुनावका लागि विदेशीकाे मुख नताक्ने अर्थमन्त्री खनालकाे दावी, बजेटबाट १२० अर्ब बढी रुपैयाँ निकालेर निर्वाचन र पुनर्निर्माणमा खर्च गरिने

 

अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा गरिने संघीय संसद्को चुनावलाई आवश्यक बजेटका लागि दातृ निकाय वा छिमेकीको मुख ताक्नुपर्ने अवस्था नरहेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिसँगको भेटमा उनले चालू बजेटमार्फत आयोजना बैंकमा प्रविष्ट नगरेका १ हजार ३ सयभन्दा बढी आयोजना फेला परेको र ती आयोजनाका लागि विनियोजित करिब १ खर्ब १० अर्ब रुपैयाँ भेटिएको जानकारी दिए।

त्यस्तै, चालू बजेटमा राखिएका गोष्ठी, बैठकलगायत विभिन्न शीर्षकको करिब १२ अर्ब रुपैयाँ निकाल्न सकिने उनले जानकारी दिएका छन्।

काम सुरु नभएका आयोजना पहिचान गरेर बजेट निकालिने उनले बताए। 'विशेषगरी त्यस्ता योजनाको बजेट निकालिँदै छ, जुन योजनामा बजेट राखेपछि खर्च हुँदैनथ्यो,' उनले भने।

 

Read More