दूधको बक्यौता अन्योलमा, आन्दोलनमा उत्रिने किसानको चेतावनी


दूधको बक्यौता अन्योलमा, आन्दोलनमा उत्रिने किसानको चेतावनी

काठमाडौं : दशैं आउन लागेसँगै दुग्ध किसानमा खुसी छाएको थियो । किनकी सरकारले असोज ५ गतेभित्र दूधको बाँकी बक्यौता रकम दिने सहमति जनाएको थियो । गत महिना दुग्ध किसान आन्दोलनमा उत्रिएपछि सरकार बाँकी बक्यौता भुक्तानी गर्न सहमत भएको थियो ।  

तर, यसबीचमा परिस्थिति अर्कै भयो । जेनजी आन्दोलनले सरकार नै ढालिदिएको छ । आन्दोलनको बलमा नयाँ सरकार त बनेको छ तर यो पूर्ण छैन । प्रधानमन्त्री र तीन मन्त्रीमात्र सरकारमा छन् । अन्य मन्त्री नियुक्त हुन सकेका छैनन् । सरकार परिवर्तनसँगै किसानहरु चिन्तित छन् । लामो समयदेखि उनीहरुले पाउनुपर्ने दूधको बक्यौता रकम पाउने कुरामा अन्योल बढेको छ ।

Read More