जेनजी आन्दोलनका क्रममा बैंकका ५ करोड र १८ किलो सुन लुटियो, ६८ शाखा र ६९ एटीएममा क्षति


जेनजी आन्दोलनका क्रममा बैंकका ५ करोड र १८ किलो सुन लुटियो, ६८ शाखा र ६९ एटीएममा क्षति

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले जेनजी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वरस्थित शाखाबाट करिब ५ करोड रुपैयाँ नगद र १८ किलो सुन लुटिएको खुलासा गरेका छन्।

गभर्नर पौडेलले एक पडकास्टमा बोल्दै संसद्‌ भवन परिसरमा रहेको सो बैंक शाखामा ठूलो मात्रामा लुटपाट भएको बताएका हुन्। उनले बालुवाटारस्थित गैरआवासीय नेपाली संघ (एनआरएन) भवनभित्र रहेको राष्ट्र बैंकको कार्यालयमा समेत तोडफोड हुँदा क्षति पुगेको जानकारी दिएका छन्।

उनका अनुसार हालसम्म मुलुकभरका विभिन्न बैंकका ६८ शाखा र ६९ एटीएममा क्षति पुगेको छ। भरतपुरमा एक एटीएम लुटेर लगिएको भए पनि त्यहाँबाट रकम निकाल्न नसकिएको उनले स्पष्ट पारे।

गभर्नर पौडेलले नबिल बैंकको चावहिल शाखा र वाणिज्य बैंकको दुहवी शाखामा समेत तोडफोड प्रयास भएको उल्लेख गरे। साथै, सरकारी कार्यालय र बिजनेस कम्प्लेक्समा रहेका एटीएमहरू पनि आन्दोलनकारीहरूले नष्ट गरेको बताए।