काठमाडौँ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले जेनजी आन्दोलनका क्रममा भएको क्षति र असामान्य सुरक्षा अवस्थालाई मध्यनजर गर्दै व्यवसायीहरूलाई विशेष सतर्कता अपनाएर व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।
महासङ्घले आन्दोलनका क्रममा ऐतिहासिक सम्पदा, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालयदेखि निजी सम्पत्तिसम्ममा ठुलो क्षति पुगेको उल्लेख गर्दै कैयौँ कैदीबन्दी फरार भएको र लुटपाटका घटना भइरहेकाले व्यवसायीले सावधानीपूर्वक कारोबार गर्न एक सूचनामार्फत आग्रह गरेको हो ।


