दशैंको अग्रिम टिकट बुकिङ यसपालि नखुल्ने


दशैंको अग्रिम टिकट बुकिङ यसपालि नखुल्ने

 यस वर्षको दशैंका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ। यातायात व्यवस्था विभाग, यातायात व्यवसायीहरू र ट्राफिक प्रहरीबीच आज भएको छलफलपछि यस्तो निर्णय गरिएको हो।

हालैको आन्दोलनपछि लगाइएको कर्फ्यु हटेसँगै तीन दिनअघिदेखि नै टिकट काटेर सेवा सुरु भइसकेको र विद्यालय तथा स्कुलहरू बन्द भएकाले धेरै मानिसहरू घर फर्कन थालिसकेको अवस्थामा अग्रिम बुकिङको आवश्यक नभएको निष्कर्ष निकालिएको हो। यातायात व्यवसायीहरूले यात्रुको सुविधा र सुरक्षालाई प्राथमिकतामा राख्दै विभागको निर्देशन पालन गर्ने प्रतिबद्धता जनाएका छन्। ट्राफिक प्रहरीले पनि यात्राको चापलाई ध्यानमा राखी सवारी व्यवस्थापन र भीड नियन्त्रणमा विशेष ध्यान दिने जनाएको छ।

Read More