असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने


असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने

धुलिखेल । यसवर्ष मनसुन शुरु भएसँगै जोखिम बढेपछि राति सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइने भएको छ । 

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमवार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहनुका साथै दशैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो । यात्रुको सहजताका लागि सडक सुरक्षामा सजगता अपनाइ स्वीकृत सडक सुरक्षा कार्ययोजनाबमोजिम निर्णय गरिएको समितिले जनाएको छ ।

कार्यालयले सोमवार जारी गरेको सार्वजनिक सूचनाअनुसार गत असार पहिलो सातादेखि राति सवारीसाधन आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको थियो । 

Read More