३० भदौ, काठमाडौं । चालु आर्थिक वर्ष पहिलो महिना साउनमा निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा ऋणात्मक भएको छ ।
यो अवधिमा बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रतर्फ प्रवाह गर्ने कर्जा २ अर्ब ९२ करोड रुपैयाँ ऋणात्मक भएको हो ।
बैंकहरूले कर्जा लगानी बढाउने भन्दा पनि पुरानो कर्जासमेत घटाएपछि निजी क्षेत्रतर्फको कर्जा लगानी ऋणात्मक हुन पुगेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार उक्त अवधिमा बैंक तथा वित्तीय क्षेत्रबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा ०.१ प्रतिशतले नकारात्मक हुन पुगेको हो ।


