काठमाडौं : नेपाल–भारत जोड्ने ८ व्यापारिक नाकाहरू पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त छन्। क्षति भए पनि व्यापारिक नाकाहरूमा भने आयात/निर्यात गर्न र भन्सार उठाउने तथा रेकर्ड राख्ने कार्य आइतबारबाट सुचारु गरिएको छ।
यही भदौ २३ र २४ मा भ्रष्टाचारको अन्त्य, डिजिटल स्वतन्त्रताको माग राख्दै जेन–जी पुस्ताले गरेको प्रदर्शनबाट भन्सार विभाग मातहतका मेची, भद्रपुर, कैलाली र जनकपुर भन्सार कार्यालयहरू पूर्णरूपमा क्षति भएको अर्थमन्त्रालयले जानकारी दिएको छ। यससँगै, विराटनगर, नेपालगन्ज, भैरहवा र ठाँडी भन्सार कार्यालयहरूमा आंशिक रूपमा क्षति पुगेको थियो।


