भदौ २४ गतेको प्रदर्शनका क्रममा सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान तथा व्यक्तिहरूका सयौं निजी घरहरूमा आगजनी, तोडफोड र लुटपाट भयो।
आन्दोलनपछि देशका सबै जिल्लाहरूमा अवस्था सामान्य बन्दै गइरहेको छ भने आन्दोलनको क्रममा सार्वजनिक र निजी सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाट गर्नेहरूका भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक पनि भइरहेका छन्।
तस्बिर र भिडियो सार्वजनिक हुन थालेपछि कतिपयले आन्दोलनको क्रममा लगेका सामानहरू फिर्ता गर्न थालेका छन्। कतिपय स्थानमा स्थानीयले आन्दोलनको क्रममा लुटेर र चोरेर लगेका सामानहरू खोजी गरी फिर्ता गराइ रहेका छन्।


