३० भदौ, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा १ खर्ब ७७ खर्ब ४१ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो गत आव पहिलो महिनाको तुलनामा २९.९ प्रतिशतले धेरै हो ।
गत आव साउनमा १ खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो । त्यसबेला रेमिट्यान्स आप्रवाह वृद्धिदर १७.७ प्रतिशत थियो ।


