काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गर्दै बजेटमा समावेश टुक्रे आयोजना हटाउन अध्ययन कार्यदल गठन गरेका छन्।
काठमाडौँमा सोमबार मन्त्रालय प्रवेशपछि मन्त्री खनालले कार्यदल गठन गर्ने निर्णय पहिलो कदमका रूपमा सार्वजनिक गरेका हुन्। उनका अनुसार प्राथमिकतामा नपरेका तथा प्रभावकारी नदेखिएका आयोजना बजेटबाट हटाइनेछ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा खनाललाई पद तथा गोपनीयताको शपथ गराएका थिए।


