काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको दशैंमा काठमाडौंबाट घर फर्किनेहरुका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा छलफल गर्न सरोकारवालाहरुलाई बोलाएको छ।
यातायात व्यवसायी तथा ट्राफिक प्रहरीका प्रतिनिधिसँग छलफल गर्न लागिएको हो । सुरक्षित र यात्रुमैत्री वातावरणको ग्यारेन्टी भए अग्रिम टिकट बुकिङ खुलाउन तयार रहेको यातायात व्यवसायीहरुले बताएका छन् ।


