पर्यटकीय होटेलमा २५ अर्बको क्षति‚ बुकिङ रद्द नगर्न आग्रह गर्दै व्यवसायी


पर्यटकीय होटेलमा २५ अर्बको क्षति‚ बुकिङ रद्द नगर्न आग्रह गर्दै व्यवसायी

काठमाडौँ । जेनजीको प्रदर्शनका क्रममा काठमाडौँका तारे होटेल, अन्तरराष्ट्रिय चेन होटेलदेखि मोफसलका पर्यटकस्तरका होटेल व्यवसायमा २५ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको होटेल व्यवसायीको छाता संस्था होटेल एसोसिएशन नेपाल (हान)ले जानकारी दिएको छ । काठमाडौं, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुरलगायत क्षेत्रमा सञ्चालित दुई दर्जन होटेल तथा रिसोर्टमा उक्त रकम बराबरको क्षति पुगेको प्रारम्भिक आकलन गरिएको हानले बताएको छ । 

तोडफोड, आगजनी, लुटपाटबाट काठमाडौँमा रहेको हिल्टन होटलको मात्रै ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको हानको अनुमान छ । 

क्षतिग्रस्त एवं लुटपाट भएका होटल मर्मतसम्भार, पुनर्निर्माण नगरी सञ्चालनमा ल्याउन नसकिने हुँदा दुई हजारभन्दा बढी कामदार कर्मचारी तत्काल काममा फर्कने अवस्था छैन । यसले चाडपर्वको समयमा उनीहरूको रोजीरोटी गुमेको हानले बताएको छ । हाल सञ्चालन अवरुद्ध भएका होटलहरू बैंक तथा वित्तीय संस्थालगायतको आर्थिक दायित्व नियमित रूपमा तिर्न/बुझाउन असमर्थ रहने बताइएको छ ।

Read More