सुशीला कार्की प्रधानमन्त्री नियुक्त, ६ महिनाभित्र निर्वाचन गर्ने म्यान्डेट


सुशीला कार्की प्रधानमन्त्री नियुक्त, ६ महिनाभित्र निर्वाचन गर्ने म्यान्डेट

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका छन्। कार्कीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्।

राष्ट्रपतिले उनलाई ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने म्यान्डेट दिएका छन्।

विज्ञप्तिमा भनिएको छ, “संविधानअनुसार राष्ट्रपतिमा अन्तर्निहित अधिकार प्रयोग गरी संविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक देखिएपछि सहमति र सिफारिसको आधारमा श्री सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिएको छ। ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरिने व्यवस्था समावेश गरिएको छ।”