काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार कार्कीले आजै राति करिब ९ बजे शपथ ग्रहण गर्ने छिन्। सोही दिन मन्त्रिपरिषद् गठन हुने तयारी पनि गरिएको छ।
पोखरेलका अनुसार नयाँ मन्त्रिपरिषद् गठनपछि त्यसैको परामर्शमा राष्ट्रपति पौडेलले संसद् विघटनलगायतका अन्य काम अघि बढाउने छन्।


