अन्तरिम सरकार गठन गर्न बोलाइएको वार्ता २ बजेलाई सर्यो


अन्तरिम सरकार गठन गर्न बोलाइएको वार्ता २ बजेलाई सर्यो

बिहान ३ बजेसम्मको वार्तामा निष्कर्ष ननिस्किएपछि बिहान ९ बजेका लागि बोलाइएको अन्तरिम सरकार गठन गर्ने सम्बन्धित वार्ता दिउँसो दुई बजेका लागि सरेको राष्ट्रपति कार्यालय स्रोत जानकारी दिएको छ।

स्रोतका अनुसार आन्तरिक तयारीका लागि बैठक सारिएको हो। राष्ट्रपति रामचन्द्र पौडेल राजनीतिक दल, संविधानविद्, कानुनविद् र जेनजी प्रतिनिधिहरूसँग अन्तरिम सरकार गठनका लागि बिहीबारदेखि वार्ता गरिरहेका छन्।

Read More