अधिकांश भन्सारबाट अत्यावश्यक वस्तु मात्र आयात


अधिकांश भन्सारबाट अत्यावश्यक वस्तु मात्र आयात

विराटनगर/वीरगञ्ज । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगलागी भएपछि बन्द रहेका अधिकांश भन्सार कार्यालय बुधवारदेखि खुलेको भन्सार विभागले बताएको छ । तर, ती भन्सार कार्यालयले सामान्य अवस्थामा झैं काम गर्न सकेका छैनन् । चीनसँगको नाकामा रहेका रसुवागढी र तातोपानी भन्सार कार्यालय बाढीपहिरोका कारण बन्द छन् । भारतसँग नाका जोडिएका भन्सार विन्दु पनि बन्द हुँदा केही दिन अन्तरराष्ट्रिय व्यापार ठप्प भएको थियो । 

‘पेट्रोल, ग्यास, फलफूल तथा तरकारीजस्ता अत्यावश्यक वस्तु भने थालेका छन्,’ विभागका सूचना अधिकारी किशोर बर्तौलाले भने । जेनजी प्रदर्शनको बेला भैरहवा, मेची, कैलाली र विराटनगर भन्सारमा आक्रमण भएको थियो । ‘कार्यालय ध्वस्त भएकाले कतिपय अत्यावश्यक सामान क्वार्टरबाट छुटेका छन्,’ उनले भने । 

Read More