राष्ट्रिय वाणिज्य बैंक लुट्न खोज्ने पाँच जनालाई सेनाद्वारा पक्राउ


राष्ट्रिय वाणिज्य बैंक लुट्न खोज्ने पाँच जनालाई सेनाद्वारा पक्राउ

काठमाडौं । नेपाली सेनाले राष्ट्रिय वाणिज्य बैंक लुट्न खोज्ने पाँच जनालाई पक्राउ गरेको छ।

जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बानेश्वरस्थित बैंकमा लुटपाट प्रयास गर्ने समूहलाई नियन्त्रणमा लिइएको हो।

देशभर सुरक्षासम्बन्धी जोखिम बढ्ने संकेतसँगै मंगलबार राति १० बजेदेखि नेपाली सेना परिचालन गरिएको छ। यसबीच आपराधिक तथा अराजक गतिविधि बढ्न सक्ने भन्दै सेनाले दुई वटा हटलाइन नम्बर सार्वजनिक गरेको छ।

०१–५९७९२२३ र ०१–५९७९२२४ मा सम्पर्क गरी सुरक्षासम्बन्धी सूचना दिन सकिने नेपाली सेनाले जनाएको छ।

शान्ति–सुरक्षा कायम राख्न सेना देशभर खटिएको र अराजक गतिविधि रोक्न कडा निगरानी गरिने जनाइएको छ।