Gen Z को आन्दोलन सफल, अब संयमित रहनु जरूरी - बालेन शाह


Gen Z को आन्दोलन सफल, अब संयमित रहनु जरूरी - बालेन शाह

बालेन शाहले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले हालको आन्दोलनलाई “Gen Z को आन्दोलन” भन्दै प्रधानमन्त्रीको राजीनामा आइसकेको अवस्थामा संयमित रहनुहुन आग्रह गरेका छन्।

उनका अनुसार, देशको जनधनको क्षति हुनु भनेको जनताकै सम्पत्तिको क्षति भएकाले अब जिम्मेवार बन्नुपर्ने समय आएको छ। शाहले आगामी नेतृत्वको जिम्मेवारी अब Gen Z पुस्तामै आएको पनि उल्लेख गरेका छन्।

साथै, उनले सेना प्रमुखसँग वार्ता गर्नुपर्ने अवस्था आउन सक्ने तर त्यसअघि संसद् विघटन भइसकेको हुनुपर्ने शर्तमा जोड दिएका छन्।

"हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो ।

प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !!

देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो ।

तपाईं–हामी अब संयमित हुनु जरुरी छ ।

अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ ।

तयार रहनुहोला !

साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि  तयार हुनुहोला ।

तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।"

#BreakingNews #BalenShah #GenZMovement #NepalPolitics