आर्थिक वर्ष २०८०/८१ मा आठ अर्ब ५० करोड रूपैयाँ मात्रै वैदेशिक लगानी भित्रिएको छ। राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको वैदेशिक लगानी सम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो।
आर्थिक वर्ष २०७९/८० को तुलनामा ३६.१ प्रतिशतले यसमा वृद्धि भएको हो। सो वर्ष वार्षिक ६ अर्ब रूपैयाँ मात्रै विदेशी लगानी भित्रिएको थियो।
देशमा भित्रने वैदेशिक लगानी दर वृद्धि भएको देखिएपनि यो तीन वर्ष अघिको अवस्थामा समेत पुग्न सकेको छैन।


