सामाजिक सञ्जाल बन्दको प्रभाव : अनलाइन व्यापार ठप्प बन्दा मारमा सञ्चालक र श्रमिक


सामाजिक सञ्जाल बन्दको प्रभाव : अनलाइन व्यापार ठप्प बन्दा मारमा सञ्चालक र श्रमिक

कास्की, जनकपुरधाम, लुम्बिनी — पोखराको चिप्लेढुंगामा भित्री गल्लीमा एउटा पसल छ जसले देशभर फोटो फ्रेमको व्यापार गर्छ । तीन दिनदेखि यो पसलका सञ्चालक ओम सुवेदी गहिरो चिन्तामा छन् । उनलाई अब व्यवसाय कसरी चलाउने भन्ने तनाव थपिएको छ । सरकारले चल्तीका सामाजिक सञ्जाल बन्द गरेपछि कति व्यवसायीलाई जीविकोपार्जन गर्न विकल्प खोज्नुपर्ने अवस्था आइलागेको छ ।

कतिलाई टिकटक र भौतिक रूपमा सञ्चालित व्यवसायले राहत मिलेको छ । तर, जसको व्यवसाय फेसबुक र इन्स्टाग्रामबाट बढी चलेको छ, उनीहरू विस्थापनको चिन्तामा छन् ।

Read More