रोधी सोर्स : प्रविधिबाट आयातमा सघाउँदै


रोधी सोर्स : प्रविधिबाट आयातमा सघाउँदै

संगीता थापा सन् २०१९ मा नर्सिङको परीक्षा पास गरी विदेश जाने तर्खरमा थिइन् । तर, कोरोनाले उनलाई यतै रोक्यो । त्यसपछि विवाह अनि बच्चाको तयारी । उनी बच्चालाई जति समय दिन चाहन्थिन् त्यो नर्सिङ पेशामा रहेर सम्भव थिएन । बच्चा नजन्मिँदै उनी आउने बच्चाका लागि कपडादेखि विभिन्न खालका सामान अनलाइन तथा बजारमा खोज्न थालिन् । आफूले खोजेजस्तो कतिपय सामान नपाइरहेका बेला उनले रोधी सोर्सका भिडियो देखिन्, जहाँ चीनबाट सामान झिकाइदिन हरप्रकारका सहयोग गरिने भनिएको थियो । त्यसपछि उनले रोधी सोर्समा सम्पर्क गरी आइडिया लिइन् । 

छोरी ४ महीना पुगेपछि संगीताले रोधी सोर्सको सल्लाहमा अलिबाबाको साइटमा गई सामान छान्ने र झिकाउने गर्न थालिन् । ल्याएका सामान पहिले आफ्नै छोरीलाई लगाएर एउटी आमाको आँखाबाट त्यसको गुणस्तर र भाउको मूल्यांकन गरिन्, टिकटकमा भिडियो हालिन् र बेच्न थालिन् । ‘टिनी टाइनी बेबी कलेक्सन’ नाममा अहिले उनले बच्चासम्बन्धी विभिन्न सामान उपभोक्तामाझ ल्याएकी छिन् । छोरी ३ वर्ष पुगेपछि उनलाई स्कूल हालेर स्टोर खोल्नेसम्मको योजनामा संगीता पुगेकी छन् । 

Read More