अघि बढ्यो एमसीसीअन्तर्गतकाे सवस्टेशन निर्माण, रातामाटे देखि नयाँ हेटौंडा सवस्टेशनसम्मको मुआब्जा वितरण सुरु


अघि बढ्यो एमसीसीअन्तर्गतकाे सवस्टेशन निर्माण, रातामाटे देखि नयाँ हेटौंडा सवस्टेशनसम्मको मुआब्जा वितरण सुरु

सरकारले मिलेनियम च्यालेन्ज एकाउन्ड नेपाल विकास समिति (एमसीए नेपाल) द्धारा अघि बढाइरहेको सवस्टेशन निर्माणको कार्य अघि बढ्न थालेको छ ।

हालै जिल्ला प्रशासन कार्यालय नुवाकोटले ४०० केभी विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातामाटे सवस्टेशनदेखि नयाँ हेटौडा सवस्टेशन खण्डका जग्गाको मुआब्जा वितरण सुरु गरेको जनाएको छ ।

कार्यालयले सूचना प्रकाशित गर्दै नयाँ दमौली देखि रातामाटे खण्ड तथा रातामाटे देखि लप्सीफेदीखण्ड अन्तरगत पर्ने नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका र तारकेश्वर, लिखु, पञ्चकन्या तथा शिवपुरी गाउँपालिकामा पर्ने जग्गाहरुको मुआब्जा निर्धारण गर्दै वितरण गर्न थालेको हो ।

Read More