काठमाडौं । मेटलाइफ शिक्षा सुरक्षा योजना बीमालेख लिनेहरुले शैक्षिक कार्यक्रममा विशेष छुट पाउने भएका छन् । सो योजना बीमालेख लिनेहरुका बच्चाहरुलाई कारखानाले आफ्नो शैक्षिक कार्यक्रमहरुमा विशेष छुट दिने सम्बन्धमा मेटलाइफले कारखानासँग सम्झौतामा हस्ताक्षर गरेको छ ।
कारखानाले आफ्नो इनोभेटिभ क्लब मार्फत् बालबालिकहरुका लागि नियमित कक्षा, क्याम्पहरु तथा विशेष सत्र (वान अफ सेसन) लगायतका विभिन्न शैक्षिक कार्यक्रमहरु प्रदान गर्दछ । मेटलाइफका छुट पाउन योग्य बीमालेख धनीहरुले नियमित कक्षा तथा क्याम्पहरुमा सहभागी हुँदा पन्ध्र प्रतिशत (१५%) छुट र विशेष सत्रमा सहभागी हुँदा बीस प्रतिशत (२०%) छुट पाउनेछन् ।
मेटलाइफ शिक्षा सुरक्षा योजना अभिभावक तथा बालबालिका दुबैको बीमा गर्ने नौलो खालको बीमालेख हो । अभिभावकले १० बर्षदेखि २५ बर्षसम्मका लागि उक्त योजना अन्तर्गत प्राप्त हुने सुरक्षा अवधि छनौट गर्न पाउँछन् । योजना अवधि परिपक्व भएपश्चात् बीमालेखको अङ्कित रकममा बोनससमेत जोडी भुक्तानी गरिन्छ ।







