काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले असोज १० गते वार्षिक साधारण सभा बोलाएको छ । भदौ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल पोखरा, ग्राण्ड पोखरामा विहान ११ बजे २७औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले प्रस्तावित लाभांशलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ । गत आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट कम्पनीले कुल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । भदौ १३ गते अपरान्ह ३ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४ प्रतिशत बोनस शेयर कर समेत ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।


