आजको आर्थिक राशिफल: भदौँ २० गते शुक्रबार, भाद्र शुक्लपक्ष त्रयोदशी तिथि - कुन राशिको लागि कस्तो?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आजको आर्थिक राशिफल: भदौँ २० गते शुक्रबार, भाद्र शुक्लपक्ष त्रयोदशी तिथि - कुन राशिको लागि कस्तो?

वि. सं. २०८२ भदौँ २० गते शुक्रबार, भाद्र शुक्लपक्ष त्रयोदशी तिथि

मेष
कर्मक्षेत्रमा सकारात्मक प्रगति हुनेछ। नयाँ अवसरसँगै आर्थिक लाभ प्राप्त हुने सम्भावना प्रबल देखिन्छ।

वृष
सामाजिक, शैक्षिक तथा वैदेशिक क्षेत्रमा उल्लेखनीय प्रगति हुनेछ। प्रतिष्ठा र अवसर दुवै बढ्ने समय छ।

मिथुन
कामकाजमा प्रशासनिक जटिलता उत्पन्न भई आर्थिक हानि हुने सम्भावना छ। सचेतता र संयम आवश्यक हुनेछ।

कर्कट
साथीभाइ र सहयोगीहरूको साथले कार्य सहज रूपमा सम्पन्न हुनेछ। व्यवसायमा राम्रो आम्दानीको अवसर प्राप्त हुनेछ।

सिंह
आर्थिक समस्या क्रमशः समाधान हुनेछन्। नयाँ लगानी वा व्यापारिक लेनदेनका लागि अनुकूल परिस्थिति बन्न सक्छ।

कन्या
बौद्धिक कार्य सामान्य रूपले अघि बढ्नेछन्। वैदेशिक क्षेत्रबाट सानो तर स्थिर लाभ प्राप्त हुने समय छ।

तुला
अनावश्यक खर्च बढ्ने संकेत देखिन्छ। अप्रत्यक्ष समस्याले कार्ययोजना प्रभावित पार्न सक्ने भएकाले सतर्कता आवश्यक छ।

वृश्चिक
सामाजिक कार्यप्रति रुचि बढ्नेछ। यसै माध्यमबाट मान–प्रतिष्ठा बढ्ने र पदोन्नतिको अवसर पाउने सम्भावना छ।

धनु
शत्रुपक्ष सक्रिय हुन सक्ने छ। लेनदेनमा ढिलाइ वा लापरबाही गर्दा समस्या गहिरिन सक्छ, समयमै निर्णय लिनु आवश्यक हुनेछ।

मकर
सम्मान, पुरस्कार वा उपहार प्राप्त हुने योग बनिरहेको छ। आम्दानीमा समेत क्रमशः वृद्धि हुनेछ।

कुम्भ
खर्चमा उल्लेखनीय वृद्धि हुने सम्भावना छ। नयाँ लगानीमा घाटा बेहोर्नु नपरोस् भन्न सावधानी अपनाउनु उपयुक्त हुनेछ।

मीन
आर्थिक अवरोध हट्नेछन्। आम्दानीमा वृद्धि भई आर्थिक स्थायित्व बलियो बन्ने संकेत छ।

 
  • EBL Ad news