बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरूले साधारणसभामा गैरसदस्यलाई बोलाएर अतिथि बनाउने, उद्घाटन सत्र चलाउने, मन्तब्य राख्ने जस्ता कार्य गर्न नपाउने भएका छन्।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले साधारणसभा सञ्चालन सम्बन्धमा यस्तो निर्देशन दिएको हो। उद्घाटन सत्र नचलाएर सिधै साधारणसभाको एजेण्डामा छलफल चलाउनुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, सभामा सहकारी संस्थाको दर्ता, नियमन, सुपरिवेक्षणसँग जोडिएका व्यक्तिहरूलाई सहभागी नगराउन प्राधिकरणले निर्देशन दिएको छ।


