दसैंका मुखमा तातोपानी भन्सार सुनसान, सामान बोकेका १५ सय कन्टेनर चीनमै अलपत्र


दसैंका मुखमा तातोपानी भन्सार सुनसान, सामान बोकेका १५ सय कन्टेनर चीनमै अलपत्र

काठमाडौँ — बाढीका कारण गत असार २४ गते रसुवागढी नाका पूर्ण रुपमा बन्द भएपछि चीनसँग स्थलमार्गबाट हुँदै आएको व्यापार तातोपानी ‘डाइभर्ट' भयो । अहिले चीनसँग जोडिएको उत्तरी नाकाबाट हुँदै आएको व्यापारका लागि तातोपानी मात्र विकल्प हो । 

तर अरनिको राजमार्गको तातोपानी नाका जोड्ने सडकको बाह्रबिसे-तातोपानी खण्डस्थित ‘इको’ भन्ने स्थानमा गएको पहिरोका कारण एक महिनामा चार दिन मात्र यातायात सञ्चालन भएको छ । उक्त पहिरो लिपिङ मितेरी पुलबाट करिब २ किमि काठमाडौंतर्फ र भन्सार हाताभन्दा चार किमि सीमातर्फ रहेको छ । सडकको अगुवाइमा यातायात खुलाउन दिनैपिच्छे डोजर चलाए पनि सम्भावन कम हुँदै गएको छ ।

Read More