काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा सूचीकरण हुन नआएका सामाजिक सञ्जालहरू बन्द हुने संकेत गरेका छन्। सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेकै बेला सर्वोच्चले पनि परमादेश जारी गरेको छ।
नेपाल सरकारले फेसबुक, युट्युब, इन्स्टाग्राम, एक्स लगायतका सामाजिक सञ्जाललाई सूचीकरण हुन दिएको सात दिनको म्याद बुधबार मध्यरातिदेखि सकिएको छ। सोहि विषयलाई लिएर महासचिव पोखरेलले सामाजिक सञ्जाल बन्द भइ नखुल्दासम्म असल सामाजिक परम्परा स्थापना गर्न सुझाव दिए।


