काठमाडौं : सरकारले फेसबुक, म्यासेन्जर, ट्वीटर, भाइबर, ह्वाट्सप जस्ता सामाजिक सञ्जालाई नेपालमा सूचीकृत हुन दिएको सात दिने अल्टिमेटम सकिएको छ ।
सामाजिक सञ्जालका प्रतिनिधिहरु यसपल्ट सूचीकरणका लागि सम्पर्कमा आउने अपेक्षा सञ्चार मन्त्रालयको थियो । तर बुधबार बेलुकासम्म कुनै पनि सामाजिक सञ्जाल दर्ता प्रक्रियाका लागि सञ्चार मन्त्रालयको सम्पर्कमा आएनन् ।


