एनएमबि बैंकद्वारा अमर जैन विद्यालयमा स्कुल ब्याग र व्वाटर डिस्पेन्सर हस्तान्तरण


एनएमबि बैंकद्वारा अमर जैन विद्यालयमा स्कुल ब्याग र व्वाटर डिस्पेन्सर हस्तान्तरण

लालबन्दी (सर्लाही) । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सर्लाहीको लालबन्दी–५ स्थित श्री अमर जैन विद्यालयलाई स्कुल ब्याग र व्वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ।

विद्यालयमा आयोजित कार्यक्रममा लालबन्दी–५ का वडाध्यक्ष रामप्रसाद ढुंगेल प्रमुख अतिथि रहेका थिए। उनले बैंकको यस पहलले विद्यार्थीहरूको हौसला बढाउने र समाजमा सकारात्मक प्रभाव पार्ने बताएका छन्।

कार्यक्रममा एनएमबि बैंकका मधेश प्रदेश प्रमुख दीपेन्द्र कुमार मिश्र र लालबन्दी शाखा प्रमुख अरुण आचार्य विशेष उपस्थित रहेका थिए। उनीहरूले बैंकले शिक्षाको विकासलाई प्राथमिकता दिँदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

विद्यालयका प्राचार्य, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागितामा सम्पन्न कार्यक्रममा सहभागीहरूले बैंकको सामाजिक उत्तरदायित्वप्रतिको सक्रिय भूमिकाको प्रशंसा गरेका थिए।

एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।