नेप्सेको अन्तिम १५ मिनेटको औसत निकाल्ने विधि हटाइँदैछ?


नेप्सेको अन्तिम १५ मिनेटको औसत निकाल्ने विधि हटाइँदैछ?

नेप्सेको अन्तिम १५ मिनेटमा कायम मूल्यको आधारमा औसत निकाल्ने अभ्यास आवश्यक रहेनरहेको विषयमा धितोपत्र बोर्डले अध्ययन गर्ने भएको छ।  

गत चैत ७ गतेबाट अभ्यासमा आएको यो विधिप्रति धेरै लगानीकर्ताले विमति जनाउन थालेसँगै यसमा धितोपत्र बोर्डले पनि अध्ययन थालेको हो। 

अध्ययनको लागि धितोपत्र बोर्डका उपनिर्देशक रितेश ताम्राकारको नेतृत्वमा चार सदस्य समिति बनाइएको बोर्ड सहप्रवक्ता तोलाकान्त न्यौपानेले जानकारी दिए। 

हाल नेप्सेले नियमित कारोबार सत्रमा बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म हरेक कारोबारको मूल्यलाई सूचीकृत सेयर संख्याले गुणान गरी मुल्य निकाल्छ। यसै अनुसार नेप्से परिसूचक गणना भइरहेको हुन्छ। 

Read More