१७ भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेयर धितो कर्जा उच्च दरमा बढेको छ । नेपाल राष्ट्र बैंकले ब्याजदर घटेसँगै वित्तीय प्रणालीमा अधिक तरलता भएपछि लिएका खुकुला नीतिका कारण मार्जिन प्रकृतिको कर्जा बढेको हो ।
राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ बराबर मार्जिन प्रकृतिको सेयर कर्जा प्रवाह भएको छ ।


