अगस्टमा २२ प्रतिशत बढ्यो पर्यटन आगमन, ८८ हजारभन्दा बढी भित्रिए


अगस्टमा २२ प्रतिशत बढ्यो पर्यटन आगमन, ८८ हजारभन्दा बढी भित्रिए

काठमाडौं । सन् २०२५ को अगस्टमा ८८ हजार ६८० पर्यटक आगमन भएको छ । नेपाल पर्यटन बोर्डले सोमवार सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको अगस्टभन्दा तुलनामा यस वर्षको अगस्टमा २२ प्रतिशत पर्यटक वृद्धि भएको देखिएको हो । 

बोर्डको तथ्यांक अनुसार भारतबाट ३५ हजार ५०५ अर्थात ४० प्रतिशत पर्यटक भित्रिएका छन् भने चीनबाट ७ हजार ५३३ अर्थात् ८.५, अमेरिकाबाट ६ हजार ६८ अर्थात् ६.८ प्रतिशत, श्रीलंकाबाट ५ लाख ९५६ अर्थात् ६.७ प्रतिशत र बंगलादेशबाट ४ हजार २६२ अर्थात् ४.८ प्रतिशत पर्यटक भित्रिएका छन् । 

Read More