काठमाडौँ। सिटी एक्सप्रेस मनी ट्रान्सफरले दसैं, तिहार र छठ पर्व लक्षित गरी विशेष उपहार योजना ल्याएको छ।
‘यो दसैं–तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख’ नामक उपहार योजनाअनुसार ९ हप्ता चल्ने कार्यक्रममा हरेक सातामा लकी ड्र मार्फत एकजनालाई रु. १ लाख र हरेक दिन सहभागीलाई सिटी पेबाट क्यासब्याक प्रदान गरिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो योजना भदौ १६ देखि कात्तिक २५ गतेसम्म लागू हुनेछ। यस अवधिमा सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने ग्राहकहरू स्वतः उपहार योजनामा सहभागी हुनेछन्।


