नेपालका ठूला १० वाणिज्य बैंकको ऋणको गुणस्तर परीक्षण गर्ने जिम्मा बंगलादेशको हाउलाडार युनुस एण्ड कम्पनीले पाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार, ५ महिनाभित्र सक्ने गरी बंंगलादेशको हवलदार युनुस एण्ड कम्पनीले ६२ लाख ५४ हजार ९१२ रुपैयाँ र २ लाख ७१ हजार ६७० अमेरिकी डलरमा ठेक्का पाएको हो । कम्पनीले सम्पत्ति गुणस्तर परीक्षण सम्बन्धी सम्पूर्ण प्रक्रिया सन् २०२६ को जनवरी महिनाको अन्त्यसम्म सक्नुपर्ने व्यवस्था गरिएको छ।


