अण्डाको उत्पादन घट्यो, व्यवसायीले पाउन थाले लागत मूल्य


अण्डाको उत्पादन घट्यो, व्यवसायीले पाउन थाले लागत मूल्य

कुखुराको अण्डा उत्पादन गर्ने किसान ले लागत मूल्य पाउन थालेका छन्। उत्पादन गरेको अण्डाले लागत मूल्यसमेत नपाएपछि सयौं कुखुरापालक किसान पेशाबाट विस्थापित भएका थिए। 

गत साउन ६ गतेदेखि किसानहरूले लागत मूल्य पाउन थालेको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए। संघले साउन ६ गते ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५ सय २५ रुपैयाँ तोकेको थियो। भदौ १२ गतेदेखि प्रतिक्रेट मूल्य ५ सय ४५ रुपैयाँ पुगेको छ। बजारमा अहिले अण्डाको मूल्य प्रतिगोटा २३ रुपैयाँ छ। किसानले प्रतिगोटा १८ रुपैयाँ पाउन थालेका छन्। 

Read More