सर्वोच्च अदालतको आदेशले रूपन्देहीको लुम्बिनी करिडोरमा सञ्चालित उद्योगहरूको लगानी जोखिममा परेको भन्दै उद्योगी–व्यवसायीले सरकारसँग विकल्प माग गरेका छन्।
अदालतको आदेशले ५० वटा भन्दा बढी उद्योगको भविष्य अनिश्चित र अन्योल भएको भन्दै उनीहरूले विकल्प माग गरेका हुन्।
यो करिडोरमा सञ्चालित उद्योगका कारण लुम्बिनीको भविष्य नै खतरामा परेको भनेर सर्वोच्चले १५ किलोमिटर आसपासका प्रदूषण तथा कार्बन उत्सर्जन गर्ने उद्योग हटाउन आदेश गरेको हो।


