घरजग्गा व्यवसायीहरु एकीकृत भएर इन्भेष्टमेन्ट कम्पनीमार्फत लगानी गर्ने भएका छन् । देशभरका व्यवसायीहरु एकजुट भएर इन्भेष्टमेन्ट कम्पनीमार्फत देशका मुख्य शहरहरुमा लगानी गर्ने गरी तयारी भइरहेको हो । अहिले कम्पनी निर्माणसँगै पुँजी जुटाउने तयारी भइरहेको नेपाल जग्गा तथा आवास विकास महासंघको अध्यक्ष विष्णुप्रसाद घिमिरेले बताएका छन् ।
घिमिरेले देशभरका व्यवसायीहरु अहिले एकजुट हुने क्रम शुरु भएको बताए । उनकाअनुसार इन्भेष्टमेन्ट कम्पनी निर्माण भइसकेको छ । अब सोही कम्पनीमार्फत पुँजी संकलन गरिनेछ । सोही पुँजीबाट देशभर हाउजिङदेखि टाउन प्लानिङसम्ममा लगानी गर्ने तयारी छ ।


