वाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा साढे ३ खर्ब भन्दा बढीको कर्जा लगानी गरेका छन् । २० वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८१/०८२ मा अघिल्लो आर्थिक वर्षको भन्दा ३ खर्ब ६३ अर्ब ५२ करोड ७४ लाख रुपैयाँ बढी ऋण प्रवाह गरेका हुन् ।
गत आर्थिक वर्षको अन्तिमसम्ममा वाणिज्य बैंकहरुले कुल ४८ खर्ब ५५ अर्ब ३८ करोड २४ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । यो यो अघिल्लो आर्थिक वर्षको भन्दा ८.०९ प्रतिशतले धेरै हो । अघिल्लो आवको अन्तिमसम्ममा वाणिज्य बैंकहरुले ४४ खर्ब ९१ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । पछिल्लो समय आर्थिक मन्दी र विभिन्न समस्याका बाबजुत वाणिज्य बैंकहरुको कर्जा लगानिमा उल्लेख्य सुधार देखिएको हो । वाणिज्य बैंकहरुरुमा गत आर्थिक वर्षमा सबै भन्दा धेरै कर्जा लगानी गर्ने बैंकको पहिलो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ भने वृद्धिका आधारमा भने एभरेष्ट बैंक सबै भन्दा अघि देखिएको छ । त्यस्तै तीन वटा बैंकको कर्जा लगानीमा भने गिरावट आएको छ ।


