५० करोड भ्रष्टाचारको ट्रान्सफर्मर घोटाला : ८ वर्षपछि टुंगो लगाउँदै सर्वोच्च


५० करोड भ्रष्टाचारको ट्रान्सफर्मर घोटाला : ८ वर्षपछि टुंगो लगाउँदै सर्वोच्च

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणलाई नै बदनाम गराउने गरी भएको कमसल ट्रान्सफर्मर घोटाला काण्ड ८ वर्षपछि सर्वोच्च अदालतले अन्तिम सुनुवाइ सुरु गरेको छ । २०७४ कात्तिक २७ गते सर्वोच्चमा दर्ता भएको यो मुद्दामा यसअघि एक पटकमात्र सुनुवाइ भएको थियो । 

यो मुद्दा एकपछि अर्को इजलासमा पेसी चढ्ने तर सुनुवाइ नहुने हुँदै आएको थियो । बिहीबार (१२ भदौ) न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र मेघराज पोखरेलको इजलासमा अन्तिम बहस सुरु भएको हो ।

Read More