नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सेयर बजार परिसूचक गणनासम्बन्धी जनचासोलाई सम्बोधन गर्दै यसलाई प्रष्ट्याएको छ।
नेप्सेका अनुसार नियमित कारोबार सत्रमा बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म हरेक कारोबारको मूल्यलाई सूचीकृत सेयर संख्याले गुणान गरी त्यसलाई समायोजित आधार बजार पुँजीकरणले भाग गरेर सूचकांक गणना गरिन्छ।
यसरी प्राप्त नतिजालाई एक सयले गुणान गरी तत्काल नेप्सेको वेभसाइटमार्फत देखाइन्छ।


